निजगढ नगरपालिका ७ स्थित नेत्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलबहादुर अस्थानीले प्रधानाध्यापक पदबाट राजिनामा दिएको घोषणा गरेका छन ।

प्रधानाध्यापक अस्थानीले समाजिक सञ्जल फेसबुकबाट स्टाटस लेख्दै सोमबारकै मितिबाट सो पदबाट मुक्त भई विद्यालयको कुनै पनि प्रशासकीय भूमिकामा नरहेको जानकारी गराएका छन ।

शिक्षक सेवा आयोगबाट सर्लाही जिल्लामा माध्यमिक तहको शिक्षक पदमा स्थायी नियुक्त भएपछि सरुवा भएर निजगढ आएका शिक्षक अस्थानी ०७४ असार २३ गतेदेखि नेत्रोदय विद्यालयको प्रधानाध्यापकको पदमा रहेर जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

फेसबुक स्टाटसमा उनले थप उनले भने– मैले मेरो कार्यकाललाई हरसम्भव सफल बनाउन कोसिस गरे । सो क्रममा मलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण सहकर्मी शिक्षक स्टाफ, विद्यालय व्यवस्थापन समितिका सदस्य, हितैषी साथीभाइ र अभिभावक लगायत सम्पूर्णमा आभार व्यक्त गर्न चाहन्छु । शिक्षक अस्थानी निजगढमा एक कुशल र इमान्दार प्रधानाध्यापकको रुपमा चिनिदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय