निजगढ नगरपालिका–९ स्थित बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमिति शुक्रबार सर्वसहमतमा चयन गरिएको छ । बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा शान्तिकुमारी पहरी सर्वसहमत चयन भएकी हुन ।
यस्तै समुहले १७ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसहमत चयन गरेको छ । जसको उपाध्यक्षमा पदमा दिपक कुमार बुढाथोकी, कोषाध्यक्षमा रमाकुमारी न्यौपाने, सचिवमा शारदा बलामी, सहसचिव पदमा शेख अन्जर निर्विरोध चुनिएका हुन ।
त्यसैगरी पुरुष सदस्य पदमा मुन्नलाल भ्लोन, भरतनाथ दुलाल, श्रवणकुमार श्रेष्ठ, विष्णुप्रसाद तिमल्सिना, गोकुल खत्री निर्विरोध चुनिएका छन । यस्तै महिला सदस्य पदमा रमा घिमिरे, हिरामाया खडका, सुमन्ता भण्डारी र बिन्दा बजगाई अधिकारी निर्विरोध चुनिएका हुन ।
यस अघि एक अध्यक्ष पदको लागि भने पदमबहादुर श्रेष्ठ, गणेश राजभण्डारी र शान्तिकुमारी पहरीसहित ३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन मण्डलका संयोजक एंव सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले जानकारी दिए ।
त्यस्तै उपाध्यक्ष पदमा ध्रुबकुमार ठकुरी र दिपककुमार बुढाथोकी गरी २ जनाको उम्मेदवारी परेको थियो । त्यसैगरी कोषाध्यक्ष पदमा पनि रमाकुमारी न्यौपाने, विष्णु पराजुलीले उम्मेदवारी दर्ता गराएका छन । सहसचिव पदमा गिता महत र शेख अन्जरले उम्मेदवारी दिएका छन ।
त्यसैगरी ५ जना पुरुष सदस्य पदको लागि भने ६ जनाको उम्मेदवारी परेको छ । सदस्य पदमा मुन्नलाल भ्लोन, भरतनाथ दुलाल, श्रवणकुमार श्रेष्ठ, विष्णुप्रसाद तिमल्सिना, गोकुल खत्री, सिताराम साह लोहारले उम्मेदवारी दर्ता गराएको निर्वाचन मण्डलका सदस्य निरज पाेखरेलले बताए ।
एक वर्षअघि भएको साधारण सभाले सर्वसम्मत रुपमा पदाधिकारीहरु चयन गर्न नसकेपछि अवरुद्ध बन्दैआएको समूहको नयाँ कार्यसमिति छान्न मतदान गर्ने अन्तिम तयारी भईरहेको समयमा नयाँ कार्यसमिति सर्वसहमतमा चयन गरिएको निर्वाचन मण्डलका सदस्य पाेखरेलले बताए । बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समुहमा ४ सय ५९ जना उपभोक्ता सदस्य मतदाता रहेका छन ।



