निजगढ नगरपालिकाले निःशुल्क व्यावसायीक सीपमूलक तालिमको आयोजना गर्ने भएको छ ।
नगरले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत बजेट तथा कार्यक्रमबाट निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो ।
जसअन्र्तगत नगरपालिकाले कम्प्युटर तालिम, कफि मेकर (बारिष्टा), केयर गिभर, डेयरी उत्पादन तथा मिठाई निर्माता, कुक र जिपसम फिटरसम्बन्धी तालिम सञ्चालन गर्दै छ ।
जसमध्य कम्प्युटर तालिम, कफि मेकर (बारिष्टा), केयर गिभर तालिम लिनका निम्ती न्यूनतम एसएलसी वा एसईई कक्षा पास गरेका १८ देखि ४० वर्ष उमेर समूहका नागरिकले तालिमको लागि आवेदन दिन सक्ने नगरले जनाएको छ । इच्छुक नेपाली नागरिकले फागुन २० गतेसम्म आवेदन दिन सकिने छ ।
आवेदन दिनेहरूमध्ये छनोटमा परेकाहरुले तालिममा सहभागी हुन पाउने नगरका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जानकारी दिए ।




