निजगढ नगरपालिका वडा नम्बर ५ ले खेलाडीहरुलाई जर्सी हस्तान्तरण गरेको छ ।

वडा कार्यलयले एक कार्यक्रमकाबीच हिजो डोरी तान प्रतियोगितामा सहभागी हुने खेलाडीलाई वडा अध्यक्ष सूर्यबहादुर थापामगरले ५ थान जर्सी हस्तान्तरण गरेको हो ।

आगामी फागुन १६ र १७ गते काठमाण्डौमा हुन गइरहेको राष्ट्रिय डोरी तान प्रतियोगितामा सहभागी हुन निजगढबाट मधेस प्रदेशको प्रतिनिधित्व गर्दै निजगढका खेलाडीहरु खेलमा सहभागी हुने बताईएको छ ।

खेलाडीहरुलाई वडा कार्यालयले जर्सी प्रदान गरेको वडा अध्यक्ष थापामगरले जानकारी दिए । जर्सी हस्तान्तरण कार्यक्रममा वडा सदस्यलगायत स्थानीय खेलप्रेमीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय