
खानेपानी मन्त्री प्रदीप यादवले मधेसका जिल्लाहरुमा करोडौंको लगानीमा निर्माण गरिएका तर प्रयोगमा आउन नसकेका ओभरहेड ट्याङ्कीबाट पानी वितरण गर्ने गरी कम भईरहेको बताएका छन छ ।
निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवौं बार्षिक साधारण सभाको उद्धाटन शत्रमा बोल्दै मन्त्री यादवले आइतबार सो कुरा बताएका हुन । करोडौंको लगानीमा निर्माण गरिएका र लामो समयदेखि त्यसको पानी उपभोक्ताले प्रयोग गर्न नपाएकोले जतिसक्दो चाडो संचालनमा ल्याउने उनको भनाई छ ।
कार्यक्रममा संघीय सांसद अच्युत मैनालीले काठमाण्डौं– निजगढ फास्टटर्याक, प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेलमार्ग र रक्सौल–काठमाण्डौं रेलमार्ग जस्ता ठूला आयोजनाले निजगढमा विकासमा कायापलट ल्याउने बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै पूर्वमन्त्री एंव संविधान सभा सदस्य पुरुषोत्तम पौडेलले निजगढको खानेपानी वितरणको इतिहासबारे चर्चा गर्दै तराई क्षेत्रमा पानीको संकट बढ्दै गएको र यसको लागि चुरे संरक्षणमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुदर्शन कोइरालाले आगामी योजनाबारेको प्रतिवेदन पेस गर्दै बृहत खानेपानी आयोजना कार्यन्वनको अवस्थामा रहेको र त्यसपछि उपभोक्ताहरुलाई खानेपानीको थप सुविधा पुग्ने बताए ।
साधारण सभामा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, पुर्व नगर प्रमुख सुरेश खनाललगायत स्थानीय विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधिहरुले बोलेका थिए ।
कार्यक्रमको संचालन सचिव यतिराज सापकोटाले गरेका थिए भने स्वागत मन्तव्य सुनमाया लोप्चन, कोषाध्यक्ष गिता भट्टराईले आर्थिक प्रतिवेदन र लेखा संयोजक रोशन शर्माले आन्तरिक लेखा सुपरीवेक्षण प्रतितिवेदन पेस गरेका थिए ।