निजगढ उद्योग बाणिज्य संघले आगामी माघ ११ गतेदेखि २२ गतेसम्म निजगढमा आयोजना गर्न लागेको “प्रथम निजगढ महोत्सव– २०८१” को गृहमन्त्री रमेश लेखकले उद्धाटन गर्ने तय भएको छ ।

महोत्सवको प्रमुख अतिथिमा सम्माननीय गृहमन्त्री लेखकलाई आमन्त्रण गरिएको संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

संघको तर्फबाट निमन्त्रण पत्र दिन संघका अध्यक्ष श्रेष्ठ, पुर्व अध्यक्ष शम्भु बुढाथोकी र प्रचार प्रसार संयोजक इन्दीप कोइरालालगाएतको टोलीले मन्त्री लेखकलाई आज काठमाण्डौंमा भेटेर उद्धाटन कार्यक्रममा सरिक हुन निमन्त्रणा दिएका थिए ।

निमन्त्रणालाई स्वीकार गर्दै मन्त्री लेखकले उद्धाटन कार्यक्रममा सरिक हुने प्रतिबदता जनाएका हुन ।

“कृषि/पर्यटन तथा औद्योगिक व्यापार, समृद्घिको आधार” भन्ने मुख्य नाराका साथ संघले निजगढमा पहिलो पटक महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सवमा दैनिक हजारौं व्यवसायी र सर्वसाधारणले अवलोकन तथा कारोबार गर्ने र यसबाट स्थानीय तथा स्वदेशी उत्पादनसंगै कला संस्कृतिको प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा राखिएको निजगढ उद्योग बाणिज्य संघ जनाएको छ ।

महोत्सवले निजगढ क्षेत्रको मात्रै नभइ देशकै आर्थिक गतिविधि चलायमान पार्न सहयोग पुग्ने विश्वसा लिइएको अध्यक्ष श्रेष्ठको भनाई छ । कृषि र व्यापारिक स्टलहरुसंगै ख्यातिप्राप्त गायक र हास्य कलाकारहरुको प्रस्तुति रहने सो महोत्सवको माघ ११ गते दिउसो १ बजे निजगढ ८ स्थित खयरघारी खेल मैदानमा उद्धाटन हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय