
निजगढ नगरपालिका ९ मा रहेको सेवा सुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले साविक निजगढ गाविसका अध्यक्ष एंवम समाजसेवी स्वर्गीय नन्दीकेशर न्यौपानेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गर्ने भएको छ ।
सहकारीको शनिबार हुने १४औं साधारण सभाको पूर्वसन्ध्यामा शुक्रबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष मणिश्वर घिमिरेले न्यौपानेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गर्ने जानकारी दिए ।
संस्थाले निजगढको सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउदै आएका व्यक्तीहरु मध्ये एकजनालाई वर्ष ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गर्दैआएको छ ।
अध्यक्ष घिमिरेले साधारण सभाको अवसरमा २०७९ सालको प्लस टु परीक्षामा शेयर सदस्य घर परिवारका सदस्यबाट सर्वोत्कृष्ट अंक ल्याइ उतीर्ण हुने सामुदायिक विद्यालयका १ र संस्थागत विद्यालयबाट १ जना गरी २ जना छात्रछात्रालाई ‘सेवा शुभारम्भ छात्रवृत्ति’ पुरस्कारबाट पनि सम्मानित गरिने समेत जानकारी दिए ।
कार्यक्रममा सहकारीका व्यवस्थापक विवेककुमार ठाकुरले संस्थाको आर्थिक कारोबारकोबारेमा जानकारी दिएका थिए ।
निजगढमा रहेको सेवा र शुभारम्भ सहकारी संस्थाको एकीकरणपछि ०७६ सालबाट संचालनमा आएको सेवासुभारम्भ सहकारीमा हाल ६ हजार २ जना शेयर सदस्य रहेका छन ।
सेवासुभारम्भको शनिबार बिहान १० बजे शुभकार्य पार्टी प्यालेसको सभा हलमा साधारण सभाको आयोजना हुदै छ ।