निजगढ नगरपालिका वडा नम्बर ५ बागदेवस्थित श्रीसार्वजनिक माध्यमिक विद्यालयको ६०औं बार्षिकोत्सवलाई हीरक जयन्तिको रुपमा मनाउने भएको छ ।

विद्यालयले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यालयले आगामी पौष २२ गते मनाइने बार्षिकोत्सवलाई हीरक जयन्तिको रुपमा मनाउने तयारी गरिएको जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै प्रधानाध्यापक हस्तबहादुर लामाले विद्यालय स्थापनाको ६० वर्ष पुगेको अवसरमा बार्षिकोत्सव कार्यक्रमलाई हीरक जयन्ति समारोहको रुपमा मनाउने तयारी गरिएको बताए ।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतमले विद्यालयका पूर्वविद्यार्थी, पूर्वशिक्षक विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरु, लगायतलाई सम्मान गर्ने कार्यक्रम राखिएको जानकारी दिए ।
उनले विद्यालयको शैक्षिक गुणस्तर र भौतिक अवस्थालाई थप मजबुत तुल्याउन हीरक जयन्ति महोत्सवले थप मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।

विद्यालयमा भएको पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका सदस्य सागर गौतम, सहदेब गौतम, तारा देबी चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय