
निजगढमा बसोबास गर्दैआएका मधेसी युवाहरुले निजगढ ८ का प्रशान्त रौनियारको अध्यक्षतामा १७ सदस्यीय मधेस युवा मञ्च गठन गरेका छन् ।
मधेसी युवाहरुको गत शनिवार निजगढ ४ को मोहोरी पार्कमा भएको भेलाबाट गठन भएको मञ्चको बारेमा मंगलवार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।
अध्यक्ष प्रशान्त रौनियारको सभापतित्वमा निजगढको शहिद चोकस्थित होटल राजमार्गमा भएको पत्रकार सम्मेलनमा मञ्चका सल्लाहाकार सदस्य हृदयनारायण रौनियारले मञ्चको उद्देश्य र आगामी योजना बारे जानकारी दिएका थिए । उनले विशुद्ध समाजसेवा र सामाजिक सदभाव निर्माणको काम गर्न मञ्च गठन गरिएको बताए ।
सोही अवसरमा अध्यक्ष प्रशान्तले समाजसेवासंगै मञ्चले मधेसी युवाहरुको हक हितको लागि काम गर्ने बताए । मञ्चका सदस्य दिनबन्दु साहका अनुसार मञ्चको उपाध्यक्षहरुमा राहुल साह र कृष्णा महत्तो, कोषाध्यक्षमा मुकेश साह, सहकोषाध्यक्ष राजेश जैसवाल, सचिव रामबाबुप्रसाद बरै, सहसचिव रवि साह रौनियार र सदस्यहरुमा संजय साह, उपेन्द्र साह, सरोज ठाकुर, धिरेन्द्र साह, जितेन्द्र साह, सुरेश पण्डित, दिनेश शर्मा, प्रिन्श साह, मौजेलाल साह कानु, राजु शर्मा रहेका छन ।
त्यसैगरी सल्लाहकार सदस्यहरुमा हृदयनारायण साह रौनियार, रामचन्द्र जैसवाल, सन्तोषलाल कर्ण, दिनानाथ साह रौनियार, भोला साह र रामानन्द साह रौनियार रहेको जानकारी दिइएको छ ।
त्यसैगरी सोही अवसरमा मञ्चले वुधबार बिहान निजगढ ४ स्थित मानव सेवा समाजको सेवा घरमा आश्रय लिएर बसेका सडक मानवहरुको लागि खाद्यान्न र न्यानो कपडा वितरण गर्ने कार्यक्रम राखिएको अध्यक्ष प्रशान्तले जानकारी दिए ।