
एसईई दिने विद्यार्थीहरुको लागि निःशुल्क तयारी कक्षाको व्यवस्था गरेको छ ।
निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले निजगढ नगरपालिका १ सिंगौल स्थित श्री नेपाल राष्ट्रिय माविमा एक कार्यक्रमबीच तयारी कक्षाको उद्धाटन गरेका हुन ।
तयारी कक्षाको उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पुरीले विद्यार्थीहरुले एसईई परीक्षामा राम्रो नतिजा ल्याउन सकुन भनेर नगरपालिकाले निःशुल्क कक्षा संचालनमा ल्याएको जानकारी दिए । कार्यक्रमबाट राम्रो नतिजा हासिल गर्न विद्यार्थीहरुलाई सहयोग पुग्ने उनको भनाई थियो ।
अघिल्लो वर्ष २ महिना मात्र संचालन गरिएको यो कक्षा प्रभावकारी देखिएपछि यस वर्षबाट अवधि १ महिना बढाइएको पनि नगरप्रमुख पुरीले जानकारी दिए । उनले कक्षा ८ का विद्यार्थीहरुको लागि पनि छिटै तयारी कक्षा संचालनमा ल्याउने तयारी भइरहेको पनि बताए ।
यस्तै उपप्रमुख सोममाया थिङ्गले तयारी कक्षामा नियमित रुपमा सहभागी हुन र कार्यक्रमको फाइदा लिन विद्यार्थीहरुसंग आग्रह गरिन् ।
नगरका माध्यमिक तहका ८ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी शुरु गरिएको तयारी कक्षा प्रतेक विद्यालयमा ३ महिनासम्म संचालन गरिने निजगढ नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछानेले जानकारी दिए । कक्षामा विद्यार्थीहरुको लागि अंग्रेजी, गणित, विज्ञान जस्ता विषयहरु निःशुल्क अध्यापन गराइने उनले बताए ।
तयारी कक्षाको उद्धाटन कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, कार्यपालिका सदस्य फुलमाया लामा, नगरपालिकाका विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र विषयगत शिक्षकहरुको उपस्थिति रहेको थियो ।