सिद्धार्थ गौतम बुद्धको अष्टधातुसहित आउने बौद्ध धर्माम्बलीहरुको टोलीलाई निजगढमा स्वागत गरिने भएको छ ।

श्रीलंकाबाट पहिलो पटक ल्याउन लागिएको अष्ट धातुसहितको टोली आज बिहान ११.३० बजे निजगढको तामागढी गेटमा आइपुग्ने र स्वागतपछि र्यालीसहित निजगढ नगरपालिका वडा नम्बर १० लालस्थित पलयुल साम्तेलिङ्ग गुम्बामा पु¥याएर प्रदर्शन र पूजापाठ गरिने कार्यक्रम रहेको बताईएको छ ।

नेपाल तामाङ्ग घेदुङ्ग बाराका अध्यक्ष तथा निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानका अनुसार टोलीको स्वागतको लागि सबै तयारी पुरा भइसकेको बताए । मधेस प्रदेशका थप २ गुम्बामा अष्टधातु प्रदर्शन गर्ने कार्यक्रम रहेको पनि अध्यक्ष घलानले बताए । गुम्बामा प्रदर्शन र पूजा गर्नेक्रममा सो अष्टधातु निजगढ ल्याउन लागिएको हो ।

३ दिनअघि काठमाडौंमा ल्याइएको सो अष्ट धातुसहितको टोली हिजो हेटौडा आइपुगेको बताइएको छ । देशका विभिन्न बौद्ध गुम्बाहरुमा पूजापाठ गरी सो अस्त्र धातु छिमेकी मुलुक भारत हुँदै इन्डिोनेशियामा लगिने अध्यक्ष घलानले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय