
निजगढ नगरपालिका- ५ स्थित सार्वजनिक माध्यमिक विद्यालयले सिइइ परीक्षा उर्तीण गरेर ३ वर्षे डिप्लोमा कम्प्युटर इन्जिनियरिङ्ग कक्षामा भर्ना हुनको लागि सिटिइभिटीको प्रवेश फारम भर्न छुटेका विद्यार्थीहरुको लागि मौका परीक्षा लिने भएको छ ।
विद्यालयले एक सूचनामार्फत पूर्णशुल्कियतर्फ अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि प्रवेश परीक्षा संचालन गर्ने जनाएको हो ।
विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले हस्ताक्षर गरी जारी गरेको सूचनामा सिइइ वा सिइइ पुरक परीक्षा उर्तीण गरेका तर यसअघि सिटिइभिटीको प्रवेश फारम भर्न छुटेका र पुरा शुल्क तिरेर अध्ययन गर्न चाहने विद्यार्थीहरुले यहि कार्तिक ६ गतेभित्र विद्यालयमा आएर फारम बुझाउनु पर्र्ने र उनीहरुको लागि कार्तिक ७ गते प्रवेश परीक्षा लिने तयारी गरिएको जनाइएको छ ।
विद्यालयले ३ वर्षदेखि प्राविधिक धारतर्फ ३ वर्षे डिप्लोमा कम्प्युटर इन्जिनियरिङ्ग कक्षा संचालन गर्दैआएको छ । डिप्लोमा कक्षामा विद्यार्थीहरुले छात्रवृत्ति र सशुल्क अध्ययन गर्दैआएका छन ।