ट्रकमा लोड गरि ल्याएको गाईगोरुलाई नियन्त्रणमा लिएर स्थानियले प्रहरीको जिम्मा लगाएका छन ।

गयराति पूर्व पश्चिम लोकमाग राजमार्ग अन्तरगर्त बाराको निजगढ नगरपालिका ८ लायन्स चोकमा जर्सी गाई र गोरु ट्रकमा लोड गरि पश्चिमबाट पुर्वतर्फ लग्दै गरेको अवस्थामा स्थानियले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय निजगढलाई जिम्मा लगाएका थिए ।

ना ६ ख २३८३ नम्बरको ट्रकमा गाईगोरुलाई लोड गरि लैजाँदै गरेको सुचनाको आधारमा स्थानियले नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय निजगढमा बझाएका हुन ।

स्थानियले नियन्त्रणमा लिईएको ट्रकलाई थप अनुसन्धानका निम्ती राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको थियो तर राजस्व अनुसन्धान कार्यालय पथलैयाले चौपाय तथा पशुपक्षीसम्बन्धी अनुसन्धान गर्ने निकाय नरहेको भन्दै जिम्मा लिएको थिएन ।

त्यसपछि प्रहरीले पथलैयामा रहेको क्वारेन्टिनमा ट्रकलाई अनुसन्धानका निम्ती जिम्मा लगाएको थियो । क्वारेन्टिनले अनुसन्धान पछि पाँच हजार जरिवाना गरी ट्रकलाई पुन: हेटौडा तर्फ फिर्ता पठाएको प्रहरीले जानकारी दिएको छ ।

पश्चिमका बिभिन्न स्थानबाट संकलन गरिएका गाईगोरुहरुलाई तस्करहरुले गैरकानुनी रुपमा पूर्व पश्चिम लोकमाग राजमार्ग काँकडभिट्टा पुर्याउदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय