साथी सहकार्य युवा क्लबको आयोजनामा निःशुल्क शिक्षा प्रदान गर्न सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

निजगढ नगरपालिका- ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयमा यही असोज २५ गते शुक्रबार “दशै सांस्कृतिक कार्यक्रम –२०८१” कार्यक्रमको आयोजना गर्न लागिएको साथी सहकार्य युवा क्लबले जनाएको हो ।

कार्यक्रममा कलाकार एस टी म्यान, जिग्मे छोईकी घिसिंङ, हिरा दोङ तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने बताईएको छ । कार्यक्रम शुक्रबार दिउँसो दिनको १ बजेबाट सुरुहुने छ भने कार्यक्रम हेर्नलाई रु २०० को टिकट अनिबार्य गरिएको क्लबले सार्वजनिक गरेको छ ।

रोगी, पिडित गरिब तथा पिछडिएका व्यक्तिका लागि सहयोगार्थ कार्यक्रम गर्दै आएको क्लबले यस पटक निःशुल्क शिक्षाका लागि कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

क्लबले कार्यक्रममा सहभागी हुन निजगढमा रहेका सम्पूर्ण नगरबासिलाई आव्हान समेत गरको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय