आसोज १२ गते मकावनपुर जिल्ला इन्द्रसरोवर गाँउपालिका–३ स्थित एन्फा वात्सल्यदेवी एकेडेमीमा रहेका ६ जना प्रशिक्षणरत खेलाडीहरुको सम्झनामा बारामा दीप प्रज्वलन गरीएको छ ।

बाराका विकल रेग्मी सहित आदित्य बलम्पाखी, प्रियान्स आर्चाय, दिवस बॉनिया, अनुपम घलान र साईमन योन्जनको बाढीपहिरोमा परि मृत्यु भएको सम्झनामा सोमबार साझ बाराको निजगढ नगरपालिका–८ स्थित बुद्ध चोकमा जिल्ला फुटबल संघ बाराले दीप प्रज्वलन गरेको हो।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३ स्थित वाल्सत्यदेवि माविमा रहेको एन्फा एकेडेमीमा प्रशिक्षणरत ६ खेलाडीको गत १२ असोजमा आएको पहिरोमा पुरिएर मृत्यु भएको थियो ।

११ गते देखि नै परेको अविरल वर्षाका कारण विद्यालय छाडेर सुरक्षित स्थानतर्फ जानु भन्ने सूचनापछि डाँडातर्फ जाने क्रममा उनीहरू पहिरोमा परेका थिए । उनीहरूसँगै अध्ययन गर्ने अन्य ३० विद्यार्थी भने सुरक्षित छन् ।

पहिरोमा पुरिएर जीवन गुमाएका तिनै खेलाडीहरूको सम्झनामा जुम्लामा दीप प्रज्वलन गरिएको हो ।

संघीय सासंद अच्युत प्रसाद मैनाली, मदेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल, एन्फा मदेश प्रदेशका अध्यक्ष नेपाल कार्की, प्रदेश सासंद मिना लामा, निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोईरालालगाएतले मृतक प्रशिक्षणरत खेलाडीहरुको आत्माको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो।

एन्फाले एक सुजना जारी गर्दै एन्फासँग सम्बन्धित सम्पूर्ण जिल्ला फुटबल संघ, प्रदेश फुटबल संघ, क्लबले पनि आ-आफ्नो स्थानमा साझ ५ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय