‘लकडाउन’ को मारमा परेका स्थानीयहरुलाई कुहिएको राहत बाँडेको आरोपमा बारा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव सहित ११ जनालाई जिल्ला प्रशासन कार्यालय बाराले पक्राउ गरि ६ दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।

सोही राहत वितरणमा संलग्न रहेका सोही उपमहानगरपालिकाका ५ जना वडाअध्यक्ष सहिँत २ जनालाई समेत बारा प्रहरीले पक्राउ गरि अनुसन्धान गरि रहेको थियो ।

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका मेयर राजेश राय यादव सहित वडा नं. १ वडाअध्यक्ष हरिओम सोनार, वडा नं. ७ का वडाअध्यक्ष सरफुल्लाह अन्सारी, वडा नं. ११ का वडाअध्यक्ष सर्वनारायण चौधरी, वडा नं. १३ का वडाअध्यक्ष राजन प्रसाद कुर्मी, वडा नं. २६ का वडाअध्यक्ष महेश साह सहित धनलक्ष्मी दाल मिलका सञ्चालक एंव उक्त दाल धनी काठमाडौं किर्तिपुर नगरपालिका २ बस्ने तेजनारायण जैन र यादव आईसेन्ट कोल्ड स्टोर कलैया ७ का कर्मचारी (मन्सी) कृष्ण यादवलाई बारा प्रहरीले पक्राउ परेका हुन् ।

मेयर यादव सहित ११ लाई ६ दिनको म्याद थप गरि अनुसन्धानका भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एंव प्रहरी उपरिक्षक कृष्ण पंगेनीले बताए ।

कोरोना संक्रमणबाट सुरक्षित रहन सरकारले ‘लकडाउन’ घोषणा गरेको दुई सातापछि उनीहरुले रातह बाडन शुरु गरेका थिए । राहतका नाउँमा कुहिएको दाल आफुहरुलाई दिएको भन्दै जनप्रतिनिधीहरुको आलोचना गरेसंगै जिल्ला प्रशासन कार्यालय बाराले अनुसन्धान थालेको थियो ।
सो रातह वितरणका घटनामा अनुन्धान गर्दा कुहिएको (अखाद्य) दाल भेटिएसंगै फराकिलो ढंगले बारा प्रहरीलाई अनुन्धान गर्न निर्देशन दिएपछि मेयर, वडाअध्यक्ष लगायतका केही ब्यक्ती नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरि रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले भने ।

धनलक्ष्मी दाल मिलका सञ्चालक एंव उक्त दाल धनी काठमाडौं किर्तिपुर नगरपालिका २ बस्ने तेजनारायण जैनले सो कोल्ड स्टोरमा ४८ टन दाल भण्डारणका लागि ४ वर्षदेखि कलैया ७ स्थित यादव आईसेन्ट कोल्ड स्टोरमा भण्डारण गरि राखेको हो । यही मौका छोप्दै कुहिएको (अखाद्य) दाल रातहको नाउमा स्थानीय नागरिकलाई बाँडेका थिए ।

यता आँफुलाई कुनैं जानकारी नैं नदिई आँफुले भण्डारणका लागिकोल्ड स्टोरमा राखेको दाल बाडेको उक्त दाल धनी जैनले बताएको जनाएको छ । दाल धनी जैनलाई समेत प्रहरीले नियन्त्रणमालिई अनुसन्धान गरि रहेको छ ।

खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटांैडाले राहतका नाउँमा स्थानीय नागरिकलाई बाडेको दाल अखाद्य रहेको पुष्टि गरेसंगै बारा प्रशासनले अनुसन्धान तिब्र गतिमा बढाउँदै जादा मेयर यादव समेत अनुसन्धानको घेरामा परेसंगै मंगलवार बिहान पक्राउ गरेको बारा प्रशासन कार्यालयले जनाएको छ । उक्त कोल्ड स्टोर बाराका पूर्व सांसद राधेचन्द्र यादवको नाउमा रहेको र मेयर यादव उनका छोरा रहेको बारा प्रहरीले जनाएको छ ।

अनुसन्धान पछि जिल्ला प्रशासन कार्यालय बाराले यसको फैसला गर्ने छ । कालेबजारी प्रमाणीत भए २ लाख रुपयाँ जरीवाना वा एक बर्ष जेल सजाय वा दुबै हुने कानुनि प्रभधान रहेको छ । कालेबजारी प्रमाणीत भए मेयर तथा वडाअध्यक्षहरुको पद ब्रकास्त हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय