पूर्व पश्चिम लोकमार्ग अन्तरगत बाराको निजगढ नगरपालिकामा कार र मोटरसाईकल एक आपसमा दुर्घटना हुँदा मोटरसाइकल चालक घाईते भएका छन् ।

आईतबार साझ ५ बजे निजगढ नगरपालिका–७ स्थित भमरा पुल नजिकै चपुरबाट निजगढ आउदै गरेको प्र ३–०१–००२२ च ७६५२ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको को प्र २ –०३ –००८ प ११८० नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक निजगढ नगरपालिका–०२ बस्ने ३२ वर्षिय मनोज बिष्ट र सोहि मोटरसाइकल पछाडी सबार निजगढ नगरपालिका–०३ बस्ने ४८ वर्षिय नकुल ढाकेली मगर घाइते भएका हुन ।

घाईते दुबैको निजगढस्थित सामुदायिक प्रसुती गृह अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए ।

कारको टायर पड्कीएर अनियन्त्रित हुदाँ मोटरसाइकललाई ठक्कर दिन पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार रहेका कारका चालक सिन्धुपाल्चोक पाँच पोखरी गाँउपालिका–६ बस्ने ३० वर्षिय गोबिन्द कुईकेललाई प्रहरीले निजगढ बजारबाट नियन्त्रणमा लिएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय