
हिमचुली सानाकिसान कृषि सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । निजगढ ८ स्थित निजगढ बैङ्गकुटमा भएको साधारण सभामा सहकारी संस्थाकी अध्यक्ष दुर्गा कुमारी घिमिरे कोइरालाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र लेखा समितिको तर्फबाट संयोजक रामचन्द्र मण्डलले पेश गरेको लेखा प्रतिवेदनमाथि छलफल गरी पारित गएको छ ।
पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने बताए । उनले सहकारीहरुले अव ठूलो परिणामको नतिजा दिनका लागि मर्ज गर्नु पर्ने आवश्यकता रहेको बताएका थिए ।
अध्यक्ष घिमिरेको सभाध्यक्षतामा भएको सो साधारण सभामा बारा क्षेत्र १ का सांसद अच्युत प्रसाद मैनाली, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोम माया थिङ्ग, सुर्दशन प्रसाद कोइराला, एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, भोला प्रसाद गौतम, थानेश्वर सापकोटा लगायतले साधारण सभा सफलताको लागि शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमको सहजीकरण लेखा समितिको संयोजक रामचन्द्र मण्डलले गरेका थिए भने स्वागत अर्जुन अधिकारीले गरेका थिए ।