निजगढ नगरपालिकाले गत असोज १० गतेदेखिको अविरल वर्षापछिको बाढी, पहिरो र डुवानले नगर क्षेत्रभित्र भएको क्षतिको विवरण संकलन गर्ने भएको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद देवकोटाले सोमबार वडा कार्यालयहरुलाई पत्र पठाएर फारममा तोकिए अनुसार क्षेतिको विवरण संकलन गरेर ३ दिनभित्र बुझाउन वडा सचिवहरुलाई निर्देशन दिएको हो ।
पत्रमा बाढी पहिरो र डुवानले क्षति भएको बाली, अनुमानित क्षति, क्षति भएको जमिनको क्षेत्रफल र क्षतिको प्रकार सम्बन्धि तथ्याङ्क संकलन गर्न भनिएको छ ।
कृषि ज्ञान केन्द्र बाराले बाढी पहिरो र डुवानमा परेर नगर क्षेत्रभित्र भएको क्षतिको विवरण माग गरेपछि कार्यालयले वडा कार्यालयहरुमार्फत विवरण माग गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए ।