मकवानपुरको इन्दसरोवर गाउँपालिका सिस्नेरीमा खसेको पहिरोमा परी बाराको निजगढ नगरपालिका– ८ निवासी जयन्त रेग्मी र कमला रेग्मीका छोरा बर्ष १४ का विकल रेग्मीको बिकल रेग्मीको मृत्यु भएपछि आफन्त र छिमेकी शोकमा डुबेका छन ।

एन्फा एकेडेमी र विद्यालयको लापरवाहीले विकलको ज्यान गएको भन्दै उनीहरुले मृतक प्रशिक्षार्थी विद्यार्थीको उचित सम्मान र पारिवारजनमा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन ।

घटनापछि मृतक विकलको घरमा पुग्नुभएका निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले विकलको मृत्युले निजगढ नगरपालिका र राष्ट्रले नै ठूलो क्षति बेहोरेको बताउनुभएको छ ।

यसैबीच विकलको शव आज बिहान निजगढ ल्याइने भएको छ । निजगढ नगरपालिकाले आईतबार साझ सूचना जारी गरेर स्व. विकलको पार्थिव शरिरलाई अन्तिम विदाइको लागि स्वर्गिय विकलको शव आज निजगढ नगरपालिका ९ स्थित शहिद हिरालाल रंगशालामा राखिने र श्रद्धाञ्जी कार्यक्रमको आयोजना गरिने जनाएको छ ।

निजगढ नगरपालिकाले बिकलको शवलाई सहिद हिरालाल रंगशालामा राखेर अन्तिम बिदाइ दिने तयारी रहेको नगर प्रमुख सुरथ पुरी बताए । उनले बिकलको अन्तिम बिदाइमा सहभागी हुन नगरबासीलाई आह्वान समेत गरेका छन् ।

श्रद्धान्जली कार्यक्रममा सहभागी हुन सम्पूर्ण निजगढबासीमा नगरपालिकाले अनुरोध पनि गरेको छ । इन्द्रसरोबर गाउँपालिका ४ स्थित बात्सल्यदेवी माध्यमिक विद्यालयमा एन्फाले संचालन गरेको आवासीय एकेडेमीबाट प्रशिक्षार्थी खेलाडी बिकल रेग्मीसंगै ६ जना खेलाडीको पहिरोमा परी मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय