निजगढ प्रहरीले १ केजी ७ सय ग्राम लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
निजगढ नगरपालिका वडा नम्बर ६ स्थित भमराको राई टोल बस्ने लोकनाथ फुँयालको श्रीमती अन्दाजी वर्ष ३३ की बिमला अधिकारी फुयाललाई १ केजी ७ सय ग्राम लागु औषध गाँजासहित सोमवार दिउसो पक्राउ गरेको हो ।
फुँयालले घरमा गाँजा लुकाइ छिपाइ राखेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले निजको घर नजिकैको बंङगुर पाल्ने खोरमा खोज तलास गर्दा सेतो बोरामा रातो प्लास्टिकले बेरेर लुकाएर राखेको अवस्थामा बरामद भएको उक्त परिमाणको गाँजासहित अधिकारी फुँयाललाई नियन्त्रणमा लिएको हो ।
जिल्ला अदालत बाराले अधिकारी फुँयालमाथि अनुसन्धान गर्न प्रहरीलाई पहिलो पटक ७ दिनको म्याद दिएको छ । प्रहरीले अधिकारी फुँयाललाई मंगलवार अदालतमा पेस गरेको थियो ।