ठुलोवुवालाई खुडा प्रहार गर्ने एक भतिजालाई प्रहरीले पक्राउ गरेको छ । बाराको निजगढ नगरपालिकामा ठुलोवुवालाई खुडा प्रहार गर्ने १८ वर्षीय रिसभ तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको हो ।
निजगढ नगरपालिका–८ स्कुल टोल बस्ने रिसभ तिन महिना सुधारकेन्दमा रही केहीदिन अगि मात्रै घर आएका थिए । रिसभले सुधारकेन्द्रमा भर्ना गर्न बिदेशमा रहेको आफ्नो बुबालाई सुझाब दिएको भन्दै आईतबार बिहान १०ः१५ मा निजगढ नगरपालिका–७ मा घर भएका ४८ वर्षिय उनको ठुलो बुवा केदार प्रसाद तिमिल्सिनामाथि उनकै घरमा खुडा प्रहार गरेका हुन ।
घरमा मेबाईल हेर्दै बसिरहेको बेलामा रिसभ उनको घरमा पुगेका थिए । सुरुमा रिसभले उनका ठुलोबुवालाई घरबाहिरबाटनै ममि खोई भनेर सोधेका थिए जबाफमा केदारले भान्सामा होला भनेका थिए । त्यसपछि रिसभ भान्साकोठामा गएर त्यही रहेको खुडा लिएर केदार भएको कोठामा गई एकाएक प्रहार गरेको घाईते केदारले बताए ।
रिसभको पहीले प्रहार केदारको टाउमा गरेका थिए तर खुडा धारिलो नभएका कारण उनी बाच्न सफल भए त्यसपछिको दोस्रो प्रहार उनले दाँया हातले रोक्न सफलभए र नजिकै रहेको सोफाको कुनामा लुक्नो क्रममा तेस्रो प्रहार उनको दाँया तिघ्रामा गरेका थिए । त्यसपछि भने केदारले उनलाई समात्न सफल भए ।
खुडा प्रहारबाट घाइते भएका केदारको सामुदायिक प्रसुती गृह अस्पताल निजगढमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको छ ।
पक्राउ परेका रिसभमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।