राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले संविधानले परिकल्पना गरेको सम्बृद्ध नेपाल आविष्कार र अनुसन्धानले मात्रै पूरा गर्ने बताए । संबिधान दिवसको अवसरमा निजगढ नगरपालिकाले बिहिबार आयोजना गरेको भण्डोत्तलन तथा शहिदको फोटोमा माल्यार्पण कार्यक्रममा बोल्दै उनले आविष्कार र अनुसन्धानले मात्र सम्बृद्ध नेपाल बन्ने बताए । जनतामा संबृद्धि आउन सकेन भने संबिधानको बिरोध भइनैरहने उनको भनाई थियो ।
उनले आफू कुनै ठूलो वैज्ञानिक नभएको बताउदै आफूले जनताको हितको लागि विज्ञान र प्रविधिको प्रयोग मात्रै गरेको पनि बताए ।
कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले राजनीतिक लडाइ लडदा लडदै देशले महत्वपूर्ण समय व्यतिथ गर्नुपरेको र अब सबै मिलेर सम्बृद्धिको यात्रामा अघि बढनुपर्ने बताए ।
कार्यक्रममा मधेस प्रदेश प्रदेश सभा सदस्य मिना लामाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका सापकोटा, निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, पूर्वजनप्रतिनिधिहरु, निजगढस्थित सुरक्षा निकायका प्रमुखज्यूहरु, विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।