राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन किताब बेच्दै निजगढ आईपुगेका छन्।

आफ्नै जीवनीमा आधारित ‘महावीर पुन’ नामको एघारौ समिकरणका किताब बेच्न उनी बुधबार बाराको निजगढ आईपुगेका हुन्। उनी शनिबार सम्म निजगढमा रहने बताईएको छ ।

वीरगञ्जमा कृषि औजार कारखाना स्थापना गर्ने उद्देश्यले उनी किताब बेचिरहेका छन् ।

सुदूरपश्चिमको महेन्द्र नगरबाट आफू निजगढसम्म आइपुग्दा एक लाख ३० हजार बढी किताब बिक्री भइसकेको पुनले बताए । उनले प्रति किताब ७ सय ५० रुपैयाँमा बिक्री गरिरहेका छन्।

निजगढ नगर उद्योग बाणिज्य संघको समन्वयमा बुधबार साझ आफ्नो किताब बेच्न निजगढ आएका उनलाई निजगढ नगर उद्योग बाणिज्य संघले संघको कार्यलयमा एक कार्यक्रमका बिच स्वागत तथा सम्मान व्यक्त गरेको छ । निजगढ नगर उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यतामा भएको कार्यक्रममा उनीलाई खाता र माला लगाएर स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै उनले दुई सय पच्चिस दिनमा एक लाख ३० हजार बढी आफ्नो किताब बिक्री भएको ।
‘यो देशका एक तिहाइ नागरिक झन्डै तीन लाख जतिले मेरो किताब किनेमा मात्रै करिब १६ करोड जति संकलन हुनेछ,’ पुनले भने, ‘त्यो रकमले वीरगञ्जमा कृषि औजारको कारखाना स्थापना गर्ने उद्देश्य पुरा हुनेछ।’

आफू यसको अभियन्ता भएको र किताब किन्ने हरेक व्यक्ति कृषि कारखाना स्थापनाका हिस्सेदार हुने उनले बताए।

‘सारा युवा विदेश पलायन भइरहँदा निराश युवाहरूमा आफ्नो सोचाइ परिवर्तन गराउनु र उनीहरूमा प्रेरणा थप्नु यतिखेर अति आवश्यक छ,’ उनले भने, ‘जीवनका गोरेटोमा आउने मोडहरूमा मैले के–के गरे, कसरी अमेरिका पढ्न गए र कसरी अगाडि बढे भन्ने कुराहरू यो किताबमा छ।’

कृषि औजार स्थापना हुन सके त्यसमा झन्डै ६ सय जतिले रोजगारी पाउने उनले बताए। हाल सम्पूर्ण कृषि औजारहरू छिमेकी देश भारत र चीनबाट भित्रिने गरेको उनले बताए।

नेपालमै कृषि औजार कारखाना स्थापना भएमा त्यसले कम्तिमा ६÷७ प्रतिशत मात्रै आयात रोक्न सकेपनि त्यो मुलुकका लागि ठूलो उपलब्धि हुनसक्ने उनले औंल्याए।

राज्यलाई मात्रै दोष दिएर नहुने भन्दै परिस्थिति अनुरूप हरेक नागरिकले राज्य बनाउन योगदान गर्न जरूरी रहेको उनले बताए।

‘राज्यले लगानी गरिदिएको भए त राम्रो हुन्थ्यो,’ उनले प्रश्न गरे, ‘राज्यले गरेन भन्दैमा सबै सचेत नागरिक चुप लागेर बसे कसरी देशको उन्नति हुन्छ?’

कार्यक्रममा बारा उद्योग बाणिज्य संघका पुर्व उपाध्यक्ष ज्ञानु प्रसाद चौलागाई, समाजसोवी रबिराज दंगाल, पत्रकार जितलाल श्रेष्ठले सम्बोधन गरेका थिए । कार्यक्रममा संघकी महिला उपाध्यक्ष उसा लामाले स्वागत मन्तव्य राखेकी थिईन भने कार्यक्रमको सहजिकरण संघका सदस्य इन्दीप कोइरालाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय