निजगढ नगरपालिका–८ स्थित गौरीशंकर माध्यमिक विद्यालय प्राविधिक शिक्षालयका तिन विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएका छन् ।
गौरीशंकरमा अध्ययनरत सिटिईभिटीको प्रवीणता प्रमाण पत्रको प्रथम वर्षको पुरक परीक्षामा सहभागी हुन नपाएपछि विद्यार्थीले विद्यालयमा तोडफोड गरेका हुन ।
विद्यालयको प्राविधिक शिक्षालयमा अध्यन्नरत भवानी थापा मगर, अंन्शु गुप्ता र रिन्कु पासवानले भरेको (पुरक) परीक्षाको आवेदन फारम सिटिईभिटीसम्म नपुगेका कारण परीक्षाबाट उनीहरु बञ्चित भएका छन् ।
यता विद्यालय प्रशासनले भने पुरक परीक्षाको आवेदन फारम लिई सिटिईभिटीसम्म पुगेका छन । उनीहरुलाई बार्की रहेको परिक्षामा समाबेश गर्न सिटिईभिटीलाई आग्रह गरेको विद्यालय प्रशासनले जनाएको छ ।