सचेत सरोकारवाला, निजगढले निजगढ नगरपालिका वडा नम्बर ९ शहिदचोक स्थित लक्ष्मीनारायण मन्दिर तथा धर्मशालाको नाममा रहेको जग्गा धर्मशालाका रुपमा प्रयोग नभई व्यापारीक प्रयोजनमा प्रयोग भईरहेको भन्दै हिजो शुक्रबार बिरुद्ध बिरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले धर्मशालाको नाममा रहेको जग्गामा कृषि विकास बैंक लिमिटेडलाई व्यापारीक प्रयोजनमा दिएकाले धर्मशालालाई धर्मशालाकै रुपमा प्रयोग गर्न माग राख्दै बिरुद्ध प्रदर्शन गरेको हुन ।

उनीहरुले धर्मशालाको अगाडी करिब विरोध कार्यक्रम मन्दिरको प्राङ्गणमा गरिएको थियो। मन्दिर तथा धर्मशालाको जग्गामा व्यापारिक केन्द्र बनाइ कृषि विकास बैंक सञ्चालन छ भने सटरहरु समेत बनाई व्यवसाय सञ्चालन गरिएको तथा भवन पछाडि सानो मन्दिर मात्र बनाएर समितिले व्यापार व्यवसाय गरेका कारण विरुध गरीएको सचेत सरकारवाला निजगढका संयोजक खड्गप्रसाद उप्रेतीले जानकारी दिए । उनले निजगढमा भएका यस्ता विकृति विसंगतिको विरुद्धमा जुनसुकै धार्मिक स्थल चाहे मुस्लिम चाहे क्रिश्चियन चाहे बौद्धिक जहाँसुकै पनि यस्ता आवाजहरु उठाउने र यस्ता गतिविधिका विरुद्ध लाग्ने बताए ।

कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरू विनोद भारती, वासुदेव तिमल्सिना, भक्त दर्लामी, रामहरि खरेल, नवराज योञ्जन, बिदुर खड्का लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय