निजगढ नगरपालिकाको सिंगौल बजारको जग्गा अतिक्रमण भएको पाइएको छ । नगरपालिकाको वडा नम्बर १ मा रहेको सिंगौल बजारको जग्गा अतिक्रमण भएको हो ।
केही व्यक्तीहरुले सिंगौल बजारमा अहिले धमाधम पक्का भवन बनाइरहेको छन भने केहीले आफ्नै घरमा भएका होटेल तथा मासु पसल घरबाट हटाई बजारमा सारेर आफ्नु घर भाडामा लगाएका छन ।
स्थानियका अनुसार सुरुमा बजार क्षेत्रमा ठमेल भनिने बुद्ध लोप्चनले होटेल र सुरज भोलनले मासु पसल संचालन गर्दै आएका थिए तर वडा र नगरले त्यसलाई रोक्न चासो दिएन । त्यसपछि ठाकुरको काम गर्दै आएका राम जिवन ठाकुरले समेत अहिले होटेल संचालन गर्न भन्दै व्लकको पक्की भवन निमार्ण गर्दै छन ।
२०७१ असोस ४ गतेबाट हप्ताको दुईदिन संचालन गरिने भनेर संचालनमा ल्याईएको यस बजारमा पक्का भवन बनाइरहेको तर कसले अनुमति दिएर बनाईएको हो भन्ने बारेमा आफु जानकार नरहेको बजार व्यवस्थापन समितिका पुर्व अध्यक्ष बाबुलाल वाईबाले बताए ।
केही समय अघि बजारमा भवन बनाउन थालेपछि स्थानीयले विरोध गरेका थिए । ‘बजार त खुल्ला हुनुपर्छ तर यहाँ त पुरा पक्की भबन जस्तै बनाईएको छ, यसरी एक गरी अर्कोले भवन बनाउदै जाने हो भने यहाँ त पक्की भवनमात्रै हुने भए अनि बजार कसरी हुन्छ ।,’ एक स्थानीयले भने, ‘बजारको पहिलाकै परिकल्पना ठिक थियो तर यो बजारको जग्गा हो तेरो होईन भनेर बोल्न पनि पाइँदैन, धाकधम्की आइहाल्छ ।’
बजारको जग्गा अतिक्रमण भएको विषयमा नगरपालिकालाई समेत कुनै जानकारी छैन तर नगरपालिकाको नाममा समेत दैनिक ६० रुपया उठाउदै आएको स्थानियले बताएका छन ।
सुरुमा बजारको मुखमानै टहरा बनाउन लाग्दा २०८० मा नै वडाले नबनाउन सुचना जारी गरेको थियो तर टहराबाट पक्की भवननै बन्दा समेत वडाले केही वास्ता नगरेका कारण अहिले दिन प्रतिदिन पक्की भवन बनाउने क्रम बढेको स्थानियको बुझाई रहेको छ ।
‘बजारमा त्यहाँ पक्की भबन बनेको रहेछ मैले देखेको छु तर यसमा मेरो कुनै संलग्नतामा छैन’ वडा अध्यक्ष मंगले लोप्चनले भने ‘अतिक्रमण भएको आफूहरुले जानकारी पाएसंगै निर्माण कार्य रोक्न पत्राचार गर्ने तयारीमा छौँ ।’
यता वडा अध्यक्ष आफैले २०८० बैशाख २९ गते एक सुचना प्रकाशित गरी सार्वजनिक जग्गाहरुमा आफु खुसी व्यक्तिगत प्रयोजनको लागी घर टहरा निमार्ण भएको जानकारीसंग रहेकाले उक्त कार्य नगर्न आग्रह गरेको आफ्नै निर्णयलाई कार्यनयन नगनुले वडा वडाध्यक्षकै संलग्नतामा यस्ता कार्य हुने गरेको स्थानियको भनाई रहेको छ ।
हेर्नुहोस् वडाले २०८० साल बैशाख २९ गते प्रकाशित गरेको सुचनाः