अखिल नेपाल महिला संघ निजगढ नगर कमिटीले तिज पर्वको अवसरमा शनिबार आयोजना गरेको ‘खुल्ला तिज गित प्रतियोगिता’ मा निजगढ ४ को राधासर्भेश्वर एकादशी महिला समूह पहिलो भएका छन् ।
पहिलो हुने राधासर्भेश्वरले नगद ५ हजार पुरस्कार हात पारेका थिए । निजगढका विभिन्न वडाका ४ वटा टोली सहभागी प्रतियोगितामा निजगढ २ सिंगौलको सिंगौल महिला समूह दोस्रो भएका थिए भने निजगढ ६ स्थित प्रणामी लोकदोहोरी महिला समूह समूह तेस्रो भएका हुन । प्रतियोगितामा दोस्रो र तेस्रो हुने समूहले क्रमस ४ र ३ हजार नगद पुरस्कार पाएका छन ।
त्यसैगरी सहभागी सिता खडकाले सान्त्वना पुरस्कार प्राप्त गरिन । प्रतियोगिताका विजयी महिलाहरुलाई कार्यक्रमकी प्रमुख अतिथि दुर्गा कोइराला, महिला निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, पूर्व उपप्रमुख लिला लामिछाने खनाल, संघकी निजगढ अध्यक्ष शोभा राउत लगायतले पुरस्कार वितरण गरेका थिए ।
राष्ट्रिय जनसांस्कृतिक संघकी केन्द्रीय सदस्य एवंम जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ की वडा अध्यक्ष चयन गुरुङ्ग, संघका पूर्व केन्द्रीय सदस्य रामकृष्ण घिमिरे र राष्ट्रिय संगितकर्मी संघ मधेस प्रदेश अध्यक्ष नवराज राउतको निर्णायक मण्डलले प्रतियोगिताका विजयीहरुको छनौट गरेको हो ।
अनेम संघ निजगढकी अध्यक्ष शोभा राउतले तिज पर्वलाई सभ्य, स्वच्छ र मनोरञ्जनात्मक रुपमा मनाउने क्रममा महिलाहरुबीच गिती प्रतियोगिता आयोजना गरिएको बताईन ।
त्यसैगरी निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिला लामिछाने खनालले पर्वलाई खर्चिलो र भडकिलो हुन नदिन महिलाहरु नै सचेत हुनुपर्ने बताए ।
यसैबीच उपप्रमुख सोममाया थिङ्गले निजगढ नगरपालिकाले पनि नगरभित्रका महिला शिक्षक र कर्मचारीसहितको सहभागितामा आज निजगढ ४ स्थित शहीद हिरालाल पार्कमा तीज पर्वको अवसरमा कार्यक्रम आयोजना गरेको जानकारी दिईन ।