निजगढमा आज दिनभरि विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण निजगढ उपवितरण केन्द्रले हिजो एक सूचना मार्फत बिहान ९ः३० बजेदेखि साँझ ६ बजेसम्म निजगढ क्षेत्रमा विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।

सूचनामा निजगढ–चन्द्रनिगाहपुर ३३ केभी प्रशारण लाइनमा बुस कटिङ्ग (झाडी फडानी) सम्बन्धि कार्य गरिने भएकोले विद्युत अवरुद्ध गर्न लागिएको जनाइएको छ ।

प्राधिकरण निजगढ उपवितरण केन्द्रका प्रमुख नरेन्द्र मण्डलले प्राधिकरणका कर्मचारी र ज्यालाकासमेत गरी ६० जना कामदार प्रयोग गरेर पूर्वपश्चिम राजमार्गको धन्सार पुल पूर्वबाट चन्द्रनिगाहापुरसम्मको प्रशारण लाइनको जंगल क्षेत्रमा पर्ने रुख र झाडी फडानी गर्न विद्युत अवरुद्ध पारिएको जानकारी दिए । उनले लाईनमा ३३ केभि भोल्टेज विद्युत प्रवाहा भइरहेको बेला झाडी फडानी गर्दा दुर्घटना जोखिम हुने भएकोले लाईन काटनु परेको पनि बताए ।

प्रशारण लाइनमूनि बढेको रुख र झाडीका कारण सानो हावा, हुरी र वर्षमा पनि निजगढ क्षेत्रमा विद्युत अवरुद्ध हुदैआएको छ । नियमित विद्युत आपूर्तिको लागि निजगढ प्राधिकरणले यस क्षेत्रमा हिउँद र वर्षा गरी हरेक वर्ष २ पटक लाइन नै अवरुद्ध पारेर झाडी फडानी गर्दैआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय