निजगढ -७ मा निजगढ नेवारी खाजा एण्ड ढिडो हाउस संचालनमा आएको छ । आजबाट संचालनमा आएको रेष्टुरेण्टमा नेवारी परिकार खान पाईने छ ।
संचालनमा आएको यस रेष्टुरेण्टमा स्वच्छ नेवारी खाना खाजा उपलब्ध हुने यस रेष्टुरेण्टका संचालक कृष्ण हरि बस्नेतले बताए ।
एक दशक दुबईका होटेलमा काम गरेको अनुभबका साथ बस्नेतले नेवारी खानाको बारेमा नसुनेको मान्छे नेपालमा कम नै भएको कारण एकदमै उत्कृष्ट नेवारी खानाका परिकारहरु पेश गर्नको लागि पनि बिषम परिस्थितमा पनि रेष्टुरेण्ट संचालनमा ल्याएको बताए ।
स्वदेशमै बसेर काम गर्नुपर्छ भन्दै बस्नेतले निजगढ -७ मा ईलाका प्रहरी कार्यालय निजगढको अगाडी रहेको भवनमा संचालन गरेको रेष्टुरेण्टमा स्वादिष्ट नेवारी परिकारहरु उपलब्ध छन् भने बिभिन्न प्रकारका ढिडोहरु समेत उपलब्द हुने छ ।
मेहेनत गरे आफ्नै देशमा गर्ने थुप्रै काम छन् भन्नेमा विश्वस्त बस्नेत भन्छन्,‘मैले रेष्टुरेण्ट व्यवसायमा थोरै नौलो ‘कन्सेप्ट’ मात्र ल्याउन खोजेको हुँ । यस क्षेत्रमा नेवारी खाजा एण्ड ढिडो परिकार पाउने नगरेको बेलामा हामिले यो रेष्टुरेण्ट खोलेको हो ।’
रेष्टुरेण्टमा नेवारी परिकारका खानाहरु, नेवारी खाजा सेट, वारा, चटामरी, झोल मःमः, चाउमिन लगाएतका परीकार समेत पाईने बताईएको छ ।