निजगढबाट बालिका बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । मंगलबार दिउसो करिब १२ः३० मा १३ वर्षीया बालिकाकलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका–४ बस्ने ३३ वर्षीय सन्जोग खतिवडा र निजगढ–५ बस्ने २७ वर्षीय दिनेस चौलागाई रहेका छन् ।
निजगढ नगरपालिका–५ स्थित श्री जनजागृति आधारभूत विद्यालयबाट बालिका घर जाने क्रममा उनीहरूले जबरजस्ती करणी गरेको भन्ने ‘जिल्ला ३३ ८१÷८२ ख’ को उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । प्रहरीले खतिवडालाई मंगलबार राति ११ बजे साथिको घरबाट र चौलागाईलाई घर नजिकैबाट पक्राउ गरेको हो । बालिकाले पक्राउ गरेकाहरुको सनाखत समेत गरि सकेकी छिन । पक्राउ परेको मध्य खतिवडा यसअघि केही समय अगाडी मात्र लागुऔषध मुदामा सजाय भुक्तान गरी जेलबाट छुटेको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
गृहकार्य गरेको कापी लिन घर फर्किदा भयो घटना
निजगढ नगरपालिका–५ स्थित श्री जनजागृति आधारभूत विद्यालयमा अध्ययन गर्न बिद्यालय गएकी ‘जिल्ला ३३ ८१÷८२ ख’ बालिकाले शिक्षक पुजनिय खड्काले दिएको गृहकार्य गरेको कापी भुलबस घरमा छुटेको शिक्षकलाई बताएपछि शिक्षक खड्काले उनलाई गृहकार्य गरेको कापी लिन करिब १२ः१५ मा घर पठाएका थिए । शिक्षक खड्काले बालिकालाई गृहकार्य गरेको कापीलिन घर पठाएको थाहा भएपछि शिक्षिका बिन्दा सन्जेलले विद्यालयका प्रधानाध्यापक शिव प्रसाद नेपालको साईकल दिएर घर पठाएकी थिईन । उनले भनिन,‘मैले रोक्न प्रयास गरे तर उनले मानिनन् खड्का सरले गृहकार्य गरेको कापीलिन घर पठाएका कारण उनी स्कुलको सिडीमुनि रहेको साईकल निकाल्न थाल्दै थिईन धेरै साईकल भएको कारण मैलेनै प्रधानाध्यापकको साईकल दिएर घर पठाएको थिए तर केहीबेरमानै यस्तो घटना हुन पुग्यो ।’
उनी त्यहीँ गृहकार्यको कापी लिन घर जाने क्रममा आफुलाई दुईजना पुरुषले बलात्कार गरेका घटना परिवारसँग बताएपछि घटना बाहिरेको हो । मंगलबार विद्यालयबाट घर जाने क्रममा मोटरसाइकलमा आएका दुईजना नचिनेका मानिसले केही पैसा र मिठाई दिएर आफूमाथि जबर्जस्ती करणी गरेको बालिकाले अभिभावक र आफन्तलाई बताएकी थिइन् । घटना थाहा पाएलगत्तै अभिभावक र आफन्त प्रहरीकोमा पुगेका थिए ।
घटनाको जानकारी पाउने बितिकै ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले निजगढस्थित सामुदायिक अस्पतालमा बालिकाको शारीरिक परीक्षण गर्दा उनीमाथि बलात्कार पुष्टि भएको अस्पतालका चिकित्सकहरूले जानकारी दिएको बताए । उनले भने,‘घटनाको जानकारी दिन ‘जिल्ला ३३ ८१÷८२ ख’ परिवार संग प्रहरी कार्यालयमा आएकी थिईन, उनको तत्काल स्थानिय अस्पतालमा शारीरिक परीक्षण गरी थप परीक्षणका लागि बालिकालाई प्रादेशिक अस्पताल कलैयामा पठाइएको थियो भने घटनाबारे थप अनुसन्धान भई रहेको छ ।’
विद्यार्थीलाई सुरक्षित गर्न बिद्यालयको अनुरोध
विद्यालयले आज एक सुचना जारी गरि अभिभावलाई आफ्ना नानीबाबुहरूलाई १० बजेभित्र विद्यालयमा प्रवेश गराउन र कक्षा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरुलाई ३ः२० देखि ३ः३० भित्र लिन आउनु हुन आग्रह गरेको छ । साथै विद्यालयले विद्यालय समयमा गेट बन्द रहने जनाएको छ ।