निजगढ नगरपालिका वडा नम्बर ५ मा एक बालिकामाथि सामुहिक बलात्कारको घटना भएको बताइएको छ । स्था
नीय विद्यालयमा अध्ययन गर्ने वर्ष १३ कि बालिकाले आफूलाई नचिनेका मान्छेले बलात्कार गरेको बताएपछि ईलाका प्रहरी कार्यालय निजगढले जिल्लाको सदरमुकाम कलैया लगेर बालिकाको शारीरिक परीक्षण गराएको हो ।
मंगलबार विद्यालयबाट घर जाने क्रममा मोटरसाइकलमा आएका २ जना नचिनेका मानिसहरुले केही पैसा र मिठाइ दिएर जबरजस्ति करणी गरेको अभिभावक र आफन्तलाई बताएकी थिइन ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले निजगढस्थित सामुदायिक अस्पतालमा भएको शारीरिक परीक्षणमा बालिकामाथि बलात्कार भएको अस्पतालका चिकित्सकहरुले जानकारी दिएको र थप परीक्षणको लागि बालिकालाई कलैया पठाइएको बताए ।
उनले बालिकाले दिएको हुलिकाको आधारमा घटनामा संलगन एकलाई पक्राउ गरेको बताए भने फरार रहेकाको खोजी कार्य भइरहेको जानकारी दिए । पक्राउ परेका वक्तीको पहिचान प्रहरीले खुलाएको भने छैन । कलैया अस्पतालबाट स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि घटनाको थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।