निजगढ ९ स्थित समुदायमा आधारित प्रसुति गृह सामुदायिक अस्पतालले आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रगत अभावमा देशका विभिन्न अस्पतालहरुमा बिरामीहरुको उपचार प्रभावित बनेको समाचार सार्वजनिक भएपछि अस्पतालले रगत संकलन गर्न खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

निजगढ रेडक्रस उपशाखा, युथ अफ निजगढ, निजगढ नगर उद्योग बाणिज्य संघलगायतका संघ संस्थाको सहयोगमा अस्पताल परिसरमा हुने सो रक्तदान बिहान ८ बजेबाट शुरु हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष माधव न्यौपानेले जानकारी दिए ।

उनले कार्यक्रममा सहभागी बनेर रक्तदान गर्न नगरबासी सबैमा आग्रह गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय