निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोलमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ ।

स्थानीय दिलबहादुर थापाको वर्ष ५० की श्रीमती धनमाया थापाको हिजो बिहान शंकास्पद अवस्थामा मृत्यु भएको हो ।

धनमायालाई उनकै श्रीमा दिलबहादुरले सुत्ने कोठामा रगतसहित बान्ता गरेको अवस्थामा फेला पारेपछि उपचारको लागि निजगढ ९ स्थित सामुदायिक अस्पताल प्रसुति गृहमा ल्याइएकोमा चिकित्सकले मृतक घोषणा गरेका थिए ।

यसैबीच अन्तिम संस्कारको लागि अस्पतालबाट घर फर्काइपछि धनमायाको शव प्रहरीले शनिबार दिउसो पोष्टमार्टको लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको छ ।

प्रारम्भिक अनुसन्धानमा कर्तव्य ज्यान सम्बन्धि कुनै लक्षण नदेखिए पनि केही स्थानीय उनको हत्या भएको हुनसक्ने बताएपछि शव पोष्टमार्टमको कलैया अस्पताल पठाइएको इलका प्रहरी कार्यालय निजगढका निरीक्षक सुमित कुशवाहाले जानकारी दिए ।

स्थानीयका अनुसार एक साताअघि श्रीमान र श्रीमतीबीच घरायसी विवादमा कुटाकुट भएको र सो घटनापछि धनमाया अलग्गै कोठमा बस्दै आएकी थिइन ।

सोही घटनापछि धनमायाले अत्याधिक मदिरा सेवन गर्ने गरेको पनि बताइएको छ । निरीक्षक कुशवाहाका अनुसार प्रहरीले घटनाको थप अनुसनधान गरिरहेको र हत्या वा मृत्यु भन्ने बारेमा पोष्टमार्टम रिपोर्टपछि मात्रै पत्ता लाग्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय