बाराको बकैया नदीमा महिलाको शव फेला परेको छ।

निजगढ नगरपालिका ९ र कोल्हवी नगरपालिका २ को सिमा नजिकै बकैया खोला किनारामा बेवारिसे अवस्थामा महिलाको शव भेटिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिए।

पहिचान नखुलेको एक महिलाको शव स्थानीयवासीले सोमबार दिउँसो फेला पारेका हुन्। शव फेला परेपछि स्थानीयवासीले ईलाका प्रहरी कार्यालयलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलबाट शव बरामद गरेको छ

पुर्व-पच्छिम लोकमार्गमा रहेको बकैया खोला भन्दा करिब दुई किलोमिटर दक्षिणमा महिलाको शब खोलाको किनारमा भेटिएको र शरीरमा कुनै दाग वा चोट नदेखिएको प्रहरीले जनाएको छ । प्रहरीले शब नजिकैको बस्तीबाट बगाएको अनुमान गरेको छ तर हाल सम्म महिला हराएको सूचना भने प्रहरीले प्राप्त गरेको भने छैन ।
शव पोस्टमार्टमका निम्ति कलैया प्रादेशिक अस्पतालमा पठाउने तयारी गरेको प्रहरीले र त्यसबारे अनुसन्धान समेत सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय