बाराको निजगढ नगरपालिका ८ स्थित गौरीशंकर माध्यामिक विद्यालयले विद्यालयमा कार्यरत शिक्षकलाई ल्यापटप वितरण गरेको छ । आधुनिक शिक्षामा जोड दिँदै शिक्षकलाई प्रविधि मैत्री बनाउने उद्धेश्यले विद्यालयमा कार्यरत ४० जना शिक्षकहरूलाई ल्यापटप वितरण गरिएको हो ।

नमुना विद्यालय बिकास कार्याक्रममा रहेको ‘शिक्षकसंग ल्यापटप’ कार्यक्रमबाट शिक्षकलाई ल्यापटप वितरण गरेको विद्यालयले जनाएको छ । ६५ जना शिक्षक कार्यरत रहेको यस विद्यालयले सुरुवात चरणमा ४० जना शिक्षकलाई एक–एक थान ल्यापटप दिइएको हो ।

विद्यार्थीलाई प्रभावकारी शिक्षा प्रदान गर्नका लागि विद्यालय आफ्ना विद्यालयमा कार्यरत ४० जना शिक्षकलाई ल्यापटप वितरण गरेको प्रधानाध्यापक बद्रीनारायण झाले बताए । उनले भने,‘विद्यार्थी तथा शिक्षकहरूको सिकाइ तथा क्षमता अभिवृद्धि गर्न नमूना विद्यालय बिकास कार्यक्रम अन्तर्गत विद्यालयका शिक्षकहरुलाई ४० वटा ल्यापटप वितरण गरिएको छ।’

विद्यालयमा आयोजित गरिएको एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्तौला, प्रधानाध्यापक बद्रीनारायण झा, व्यवस्थापन समितिका सदस्य थानेश्वर सापकोटाले शिक्षकहरुलाई ल्यापटप हस्तान्तरण गरेका थिए ।

ल्यापटप हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रवि कुमार बर्तौलाले भने,‘शिक्षामा सुधार हुन नसके नगर र देश समृद्ध नहुने हुँदा गुणस्तरिय शिक्षा प्रति आफ सधै चिन्तित रहेकोहुदाँ विद्यालयले प्रविधिको प्रयोग गर्दै शिक्षक र विद्यालयलाई प्रविधिमैत्री बनाउदैँ जाने योजना अनुसारनै सुरुवातमा ४० जना शिक्षकलाई ल्यापटप प्रदान गरेका छौँ, अब सबै शिक्षकलाई ल्यापटप दिएपछि पठनपाठन प्रभावकारी हुने विश्वास लिएका छौं ।’

गौरीशंकर माध्यमिक विद्यालयमा कक्षा ४ देखि १२ सम्मनै कम्प्युटर अध्ययन गराईने गरिएको छ । गौरीशंकरमा अंग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ । त्यहाँ करिब २ हजार २ सय ५० विद्यार्थी अध्ययनरत छन । विद्यालयले प्राविधिक धारतर्फका विद्यार्थीलाई स्मार्टबोर्ड र प्रोजेक्टरमार्फत पढाइ गर्ने तयरीमा रहेको जनाएको छ । प्रतिथान ७३ हजार ७ सय ५० रुपैयाँको दरले करिब २९ लाख ५० हजारमा ल्यापटप खरिद गरि आज शिक्षकहरुलाइ ल्याप्टप वितरण गरिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय