भारतको सिलगुडीमा हालै सम्पन्न प्रथम भारत अन्तर्राष्ट्रिय तेक्वाण्डो प्रतियोगितामा बाराको निजगढ नगरपालिकाका ४ जना खेलाडीले स्वर्ण पदक जितेका छन ।

प्रतियोगितामा निजगढ ९ स्थित जनज्योति आधारभूत विद्यालय तेक्वाण्डो डोजाङ्गका खेलाडीहरु सृजला कार्की, शेख नदीम हुसेन, सचिन योञ्जन र रेविक माझीले स्वर्ण पदक जितेका हुन ।

कार्कीले महिलातर्फ ३७ केजी, नदिमले ४५ केजी, योञ्जन ४८ र माझीले २१ केजी समुहमा स्वर्ण जितेका हुन । सृजला, नदिम र सचिन निजगढ ८ स्थित गौरीशंकर मावि निजगढमा अध्ययन गर्ने विद्यार्थी हुन भने वर्ष ६ को रेविक निजगढ ७ स्थित विद्यासागर बोडिङ्ग स्कुलको कक्षा १ मा अध्ययनरत छन ।

प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका जनज्योति डोजाङ्गका सबै खेलाडीले स्वर्ण पदक हात पारेको डोजाङ्ग प्रमुख एवंम टिम कोच राजु माझीले जानकारी दिए ।

भारतको सिलगुडीमा गत जुलाई २८ तारिकदेखि ३० तारिकसम्म भएको प्रतियोगितामा नेपालका विभिन्न डोजाङ्गका खेलाडीसहित भारत, बङ्गलादेश र भुटानका खेलाडीहरुको सहभागिता रहेको टिम कोच माझीले जानकारी दिए ।

निजगढका खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सो सफलता उत्साहाजन भएको तेक्वाण्डो प्रशिक्षक एवंम जिल्ला खेलकुद विकास समिति बाराका प्रमुख हेमलाल श्रेष्ठ बताए । उनले निजगढमा प्रतिभाशाली र शंभावना बोकेका खेलाडीहरु रहेकाले उनीहरुको मनोवल र क्षमतामा थप विकासको लागि स्थानीय तहसहित विभिन्न संघसंस्था र खेलप्रेमीहरुले सहयोग गर्र्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय