निजगढ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा र ईलाका प्रहरी कार्यालय निजगढको सहयोगमा हिजो निजगढ २ को सिंगौलमा लागूऔषध दुर्व्यसनी, साईबर अपराध र ट्राफिक दुर्घटनासम्बन्धि एक दिने अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

विद्यालयका बालबालिकाहरुलाई लक्षित गरी आयोजना गरिएको सो कार्यक्रममा बोल्दै नगर प्रमुख सुरथ पुरीले आजका विद्यार्थी भविष्यका कर्णधार भएकोले उनीहरुलाई सबै खालको दुव्र्यसन र अपराधिक क्रियाकलापबाट मुक्त पार्नुपर्ने बताउनुभयो । ‘बालबालिकाको भविष्य सफल र सुनिश्चित तुल्याउन सबैको साझा प्रयत्न आवश्यक छ, उहाँले भन्नुभयो, यसको लागि विद्यालयका शिक्षक, अभिभावक र नागरिक समाज सबैभन्दा बढी जिम्मेवार बन्नुपर्छ ।’ नगर प्रमुख पुरीले सभ्य समाज निर्माणको लागि दुव्र्यसन र अपराध जस्ता गतिविधिको अन्त्य हुन जरुरी रहेको भन्दै आफूहरु पनि निजगढ नगरलाई दुव्र्यसनमुक्त नगर बनाउनेतर्फ लागि परेको बताउनुभयो ।

विद्यार्थीहरुलाई ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहा, जिल्ला ट्राफिक कार्यालय निजगढका प्रहरीका हवल्दारले श्रव्यदृश्य सामग्रीमार्फत लागुऔषध दुव्र्यसनी, साईबर अपराध र ट्राफिक दुर्घटनासम्बन्धि विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, वडा नम्बर २ का कार्यवहाक वडा अध्यक्ष र वडा नम्बर ३ का वडा अध्यक्ष गोकुल तिमल्सिनालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ अन्तर्गत कक्षा ८ देखि १२ कक्षासम्म अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय