यस वर्षको एसईई परीक्षामा निजगढ नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुको परीक्षाफल अपेक्षाकृत कमजोर देखिएको छ ।
अघिल्ला वर्षहरुमा उत्कृष्ट रिजल्ट निकाल्दैआएको निजगढ ८ स्थित गौरीशंकर माविबाट यो वर्ष ३० प्रतिशत विद्यार्थीमात्रै उतिर्ण भएका छन ।
सो विद्यालयबाट ‘प्लस ए’ मा उतिर्ण हुने विद्यार्थीको संख्यामा भने विगतको तुलनामा निक्कै सुधार आएको छ । विद्यालयबाट यस वर्ष २१ जना विद्यार्थी ‘प्लस ए’ मा उतिर्ण भएका छन । विद्यालयकी प्राञ्जलकुमारी कुँवर ३.९ जिपिएसहित उर्तिण भएकी छिन । कुँवर सामुदायिक विद्यालयको छात्रातर्फ बारा जिल्लामै सबैभन्दा बढी जिपिए प्राप्त गर्ने विद्यार्थी भएको विद्यालयका लेखापाल रुद्र धितालले जानकारी दिए ।
त्यसैगरी निजगढ ५ स्थित सार्वजनिक माविको परीक्षाफल पनि उस्तै देखिएको छ । जम्मा ५० जना सहभागी उक्त विद्यालयबाट यस पटक २८ प्रतिशत विद्यार्थीहरुमात्रै उर्तिण भएका छन । सो विद्यालयबाट १ जना विद्यार्थी ‘ए प्लस’ मा उतिर्ण भएका छन भने ए ग्रेडमा ७ र ‘बि प्लस’ मा ६ जना विद्यार्थी उर्तिण भएका छन ।
निजगढ ६ स्थित गौरीशंकर माविबाट पनि ‘ए प्लस’ मा १ जनासहित ३० प्रतिशत विद्यार्थी उर्तिण भएका छन । सो विद्यालयबाट ए मा १०, ‘बि प्लस’ मा १४ र बि मा ८ जना विद्यार्थी सफल भएका हुन । गौरीशंकर सडकटोलबाट ११२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
उता, एसईई परीक्षामा पहिलो पटक सहभागी भएको निजगढ ८ स्थित बकैया ठाकुर माविबाट भने २३ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन । सो विद्यालयबाट ‘ए प्लस’ मा १ जनासहित ए मा २, ‘बि प्लस’ मा २ र बि मा १ जना उतिर्ण हुन सफल भएका हुन ।
त्यसैगरी नेत्रोदय मावि योजनाबाट १४ जना विद्यार्थीमध्ये २ जनामात्रै उर्तिण भएका छन । उता, निजगढ १० लालस्थित नेरामाविबाट जम्मा १७ प्रतिशत विद्यार्थीमात्रै उर्तिण भएका छन । परीक्षामा सहभागी २३ जना विद्यार्थी मध्ये ए ग्रेडमा १ जना र ‘बि प्लस’ मा ३ जना उणिर्ण भएको विद्यालयका प्रधानाध्यापक दिनानाथ साहले जानकारी दिए ।
त्यसैगरी निजगढ १ स्थित नेरामावि सिंगौल र निजगढ ११ को नेरामावि रतनपुरीको परीक्षाफल पनि कमजोर नै देखिएको छ । नेरामावि सिंगौलबाट परीक्षामा सहभागी ५४ मध्ये ८ जना विद्यार्थीमात्रै बि ग्रेडमा उतिर्ण भएका छन भने रतपुरीका १३८ मध्ये ६ जना उतिर्ण हुन सफल भएका छन ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा बिहीवार बिहान सार्वजनिक गरेको हो । यस वर्षको एसईई परीक्षामा निजगढ नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुको परीक्षाफल अपेक्षाकृत कमजोर देखिएको छ ।