तपश्वी बताउने बाराको निजगढ १२ रतनपुरका रामबहादुर बम्जन बालयौन दुरूपयोगमा दोषी ठहर भएका छन ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई उक्त कसुरमा दोषी ठहर गरेको अदालतका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिए । सजाय निर्धारण भने असार १७ गते हुने उनले बताए ।
तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङले भने सफाइ पाए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत पुस २४ गते उनलाई काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरी सर्लाही पठाएको थियो । सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको आरोप पनि उनीमाथि छ । उनीहरुलाई सिन्धुली आश्रमबाट वेपत्ता पारिएको दावी गरिएको छ । सर्लाहीको आश्रममा भने उनले बालयौन दुरूपयोग गरेको भनी प्रहरीमा जाहेरी परेको थियो ।