निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीमा नेकपा एमालेका कार्यकर्ता भिमबहादुर गोलेलाई खुकुरी प्रहार गरी घाइते पारेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले गोलेमाथि खुकुरी प्रहार गरेको आरोपमा रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्बर ४ बस्ने बस्ने नन्दलाल राजबंसी भन्ने मन्सुर मियालाई रौतहटको चन्द्रनिगाहपुरबाट हिजो दिउसो ३.३० पक्राउ गरेको हो ।

पक्राउ परेका मियालाई निजगढ ल्याएर थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो । अन्सारीले केही वर्षदेखि रतनपुरमा बसेर व्यापार गर्दैआएका थिए । घटना लगत्तै अस्थायी प्रहरी पोष्ट रतनपुरीबाट पुगेको टोलीले घटनास्थल नजिकैबाट ग २४ प ७०४६ नम्बरको एउटा मोटरसाइकल र ३ थान मोबाइल बरामद गरेको थियो । घटनाबाट बरामद मोटरसाइकल र मोबाइल सिमको आधारमा घटनाको अनुसन्धान अघि बढाइएको निरीक्षक कुशवाहाले बताउनुभयो ।

उता, घाइते गोलेको हाल हेटौडास्थित चुरे हिल अस्पतालमा उपचार भइरहेको छ । आइसियु कक्षमा राखेर उपचार गरिएका गोलेको स्वास्थ्य अवस्थामा सुधार आएपछि हिजो दिउसोबाट उनीलाई जनरल बेडमा सारिएको छ । गोल नेकपा एमालेका संघठित पार्टी सदस्य र सक्रिय कार्यकर्ता हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय