अज्ञात समुहको खुकुरी प्रहारबाट निजगढ नगरपालिका वडा नम्बर १२ मा हिजो राति एक जना घाइते भएका छन ।

निजगढ १२ रामथलीका अन्दाजी वर्ष ४० का भिमबहादुर गोले अज्ञात समूहको खुकुरी प्रहारबाट घाइते भएका हुन ।

प्रहरीका अनुसार मोटसाइकलबाट आएका व्यक्तिले घरको झ्याल खुल्ला राखेर सुतिरहेको अवस्थामा राति १ः३० बजे गोलेमाथि खुकुरी प्रहार गरी फरार बनेका थिए । घटनाको खबर पाएलगत्तै अस्थायी प्रहरी पोष्ट रतनपुरबाट पुगेको प्रहरी टोलीले घटनास्थलबाट करिव १ सय मिटर पर सडकमा ग २४ प ७०४६ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल बरामद गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए । घटनापछि आफन्त र स्थानीयले होहल्ला गरेपछि अपराधिहरु मोटरसाइकल र मोबाइल छोडेर खेतको बाटो हुदै फरार बनेको उनले जानकारी दिए । घटनाबाट बरामद मोटरसाइकल र मोबाइल सिमको आधारमा घटनाको अनुसन्धान अघि बढाइएको निरीक्षक कुशवाहाले बताए । घाइते गोलेको टाउको, निधार, च्यापु, घाटी र दाँया हातमा चोट लागेको र हाल हेटौडास्थित चुरे हिल अस्पतालमा उपचार भइरहेको छ । गोलेको स्वास्थ्य अवस्थामा सुधार हुदै आएको उनले जानकारी दिए ।

यसैबीच आफ्नो पार्टीका कार्यकर्तामाथि खुकुरी प्रहार भएको घटनाको नेकपा एमाले निजगढले भ्रत्सना गरेको छ । पार्टी सचिव तिलक घलानले हिजो विज्ञप्ति जारी गरी दोषिलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको माग गरे । गोले नेकपा एमालेको संघठित पार्टी सदस्य रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय