निजगढ,
निजगढ नगरपालिका वडा नम्बर २ को आगलागी पीडित परिवारलाई युथ अफ निजगढले आर्थिक सहयोग गरेको छ ।
युथ अफ निजगढले स्थानीय अगलागी पीडित लिलानाथ सापकोटाको परिवारलाई १ मंगलवार १० हजार १ सय रुपैया नगद सहयोग गरेको हो । क्लबका अध्यक्ष कमल बजगाई र पदाधिकारीहरुले सापकोटालाई सो रकम हस्तान्तरण गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा वडा २ का कार्यवाहक अध्यक्ष पुष्कर खड्का, समाजसेवी उषा बराम, क्लबका अध्यक्ष कमल बजगाई, महासचिव सन्तोष पौडेल, सचिव लक्ष्मी पाण्डे, कोषाध्यक्ष अशोक श्रेष्ठ, पूर्वअध्यक्ष राजन श्रेष्ठ, उत्सब श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।