निजगढ नगरपालिकादारा शुक्रबार आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा १ सय ८९ जना सर्वसाधारण लाभान्वित भएका छन्।
नगरपालिका कार्यालयले निजगढ वडा नम्बर ९ स्थित निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार सञ्चालन गरेको विशेषज्ञसहितको स्वास्थ्य शिविरमा सर्वसाधारणले स्वास्थ्य सेवा तथा निःशुल्क औषधिसमेत पाएका थिए।
नगरपालिका कार्यालयले निजगढ वडा नम्बर ९ स्थित निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा जनरल फिजिसियन राजु जैसवाल, मनोरोग विशेषज्ञ चन्द्रन चौधरी र हाडजोर्नी विशेषज्ञ दिपेन्द यादव सहितको चिकित्सकहरुको टोलीबाट निःशुल्क स्वास्थ्य परीक्षण गरिएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखाका उपप्रमुख मणिश्वर घिमीरेले जानकारी दिए ।
शिविरमा छाती दुख्ने, पोल्ने, खोकी लाग्ने, खकारमा रगत देखिने, पेट दुख्ने, अपच हुने, अनिन्द्रा, बेचैनी र चिटचिट हुने जस्ता समस्या लगायत छारे रोग, मुटुको चाल गडबडी, चिनी रोग, उच्च रक्त चाप तथा हात, खुट्टा कम्मर र हड्डी दुख्ने, सुनिने, पोल्ने जस्ता समस्याको निदान एंवम उपचार प्रदान गरिएको थियो ।