निजगढ,
निजगढ नगरपालिका वडा नम्बर ५ स्थित सार्वजनिक माध्यमिक विद्यालय बागदेवमा शुक्रवार भएको अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समितिको सदस्यको लागि पहिलो चरणमा ४ जना सदस्यहरु सर्वसम्मत चयन गरेको छ ।

भेलाले विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष दुर्गा गौतम, निजगढ नगरपालिका वडा नम्बर ४ का वडा सदस्य सागर गौतम, ताराकुमारी खडका र तिलकुमारी गेलाल व्यवस्थापन समितिको नयाँ सदस्यको लागि सर्वसम्मत चयन भएका हुन ।

अभिभावकहरु मध्येबाट चुनिएका ४ जना सदस्यहरुले शिक्षा प्रेमी र चन्दादाताहरु मध्येबाट २ जना थप सदस्य मनोनित गरेर समितिको अध्यक्ष चयन गरिने विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले जानकारी दिनुभयो । शिक्षा ऐनले विद्यालयका प्रअ समितिको सदस्य सचिव रहने व्यवस्था छ भने वडा अध्यक्ष र विद्यालयका शिक्षक प्रतिनिधि एकजना पदेन सदस्य हुने प्रअ लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय