हावाहुरीले करोडौंको केरा नष्ट भएपछि बाराका अन्य स्थान सहित निजगढ नगरपालिकाका कृषक चिन्तित बनेका छन् ।

बाराको निजगढ नगरपालिका केरा खेतीको लागि पटेक क्षेत्र हो । हावाहुरीसंगै आएको असिनाका कारण बारामा हजारौँ हेक्टरमा लगाइएको कोरा खेती पुर्ण रुपमा नष्ट भएको छ ।

शुक्रबार र शनिबार राति वर्षासँगै आएको हावाहुरी र अशिनाले बाराकोे निजगढ, कोहवि नगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका लगाएत विभिन्न स्थानमा कोरा खेतीलाई पुर्ण रुपमा नष्ट गरेको हो ।

किसानले लगाएको कोरा खेती कामै नलागने गरि हावा, हुरी र अशिनाले नष्ट गरेको बारा निजगढ नगरपालिका ८ बस्ने किसान नानी सन्जेलले बताए । अनले १ बिगहा ५ कठ्ठामा लगाईएको कोरा खेती पुरै हावाहुरीका साथै आएको असिनाले नष्ट गरेको बताए ।

प्रति कठ्ठामा करिब ४ लाख खर्च भैसकेको बताउदै उनले आफुहरुको लगानी डुबेको र बेच्चि बेलामा पाक्नै लागेको केरा नष्ट भएपछि आफुहरुको वर्ष दिनको आम्दानीको श्रोत नै समाप्त भएको बताए ।

हावाहुरीका कारण पसाउन लागेका, पसाएका र निकाल्ने बेलाका केरामा क्षति पुगेको छ । हावाहुरीकै कारण एउटै किसानको लाखौंको क्षति पुगेको छ । केही किसानले बोटको बिमा गरे पनि अधिकांश किसानहरुले बिमा गरेका छैनन् । त्यसले किसानहरु चिन्तित छन् ।

यता उखुबाट पिडित अधिकाशं किसानहरुले केरा लगाएको तर केरा खेती पनि हावाहुरी र असिनाले नष्ट गरेपछि यहाँका किसानहरुलाई समस्या परेको अर्का किसान बिनेद न्यैपानेले बताए । उनले केरा खेतमा ठुलो क्षती भएकोले राज्यले किसानलाई क्षतीपुर्ती उपलब्ध गराउनु पर्ने माग गरेका छन ।

कोरोना भाइरसका कारण लकडाउन झेलिरहेका बाराका किसानले नगदे बालीको रुपमा रहेको केरा खेतीाबट ठुलो आश गरेपनि खेतमा लगाइएको बाली नष्ट भएपछि के गर्ने नगर्ने भन्ने ठुलो चिन्तामा परेका छन् ।

यस जिल्लामा करिब ११ सय बिगाहामा केरा खेती हुने गरेको बारा केरा तथा फलफुल व्यवसाय संघका अध्यक्ष एक बहादुर श्रेष्ठले बताए । जील्लामा रहेको ७५ प्रतिशत केरा खेती पुर्ण रुपले नष्ट भएको छ जसको अनुमानित करिब ४० करोड २० लाख बराबरको क्षती भएको उनले बताए ।

हावाहुरीले व्यापक क्षति पुर्याउँदासमेत निरीक्षणका लागि हालसम्म सरकारी निकाय र जनप्रतिनिधि नपुगेको स्थानीय किसानले गुनासो गरेका छन ।

धेरै जनाले गाउँको समूह, सहकारी संस्था र बैंकबाट कर्जा लिएर केरा खेती गरेका छन् । केरा खेती पूरै बर्बाद भएपछि समूहबाट केरा खेतीका लागि लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता थपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय