निजगढ,
गर्मी बढ्दै गएपछि निजगढ नगरपालिका कार्यालयले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा बुधवारबाट ३ दिनको लागि बिदा दिएको छ ।

नगरपालिका कार्यालयको मंगलवारको निर्णयअनुसार नगर क्षेत्रका विद्यालयहरुमा वर्षे बिदाबाट कटौति हुने गरी ३ दिनको लागि बिदा मिलाइएको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जानकारी दिनुभयो ।

अधिकृत बर्तौलाले मंगलवार जारी गरेको सूचनामा, ‘केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण पठनपाठन कार्य असहज हुनगई बालबालिकाको स्वास्थ्यमा समेत पर्नसक्ने प्रतिकुल असरलाई मध्येनजर गर्दै यही जेष्ठ ३० गतेबाट जेष्ठ ३२ गतेसम्मको लागि नगरभित्रका सबै सामुदायिक र संस्थाथत विद्यालयमा बिदा गर्न-गराउन हुन जानकारी गराइएको छ ।’ भनिएको छ ।

गर्मीका कारण जिल्लाको कलैया उपमहानगरपालिका लगायत अन्य पालिकाले यसअघि नै विद्यालयहरुमा बिदा घोषणा गरेका छन ।
जल तथा मौसम पूर्वानुमान विभागले समेत आगामी केही दिनसम्म तराई क्षेत्रमा तापक्रम बढ्ने र तातो हावा ‘लु’ समेत चल्नसक्ने अनुमान गर्दै सर्तकता अपनाउन सर्वसाधारणमा अपील गरेको छ ।

तातो हावा तथा लहरबाट बच्न घरभित्रै वा चिसो ठाउँमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिँड्ने, हल्का सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय