निजगढ नगरपालिकामा हिजोबाट समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको लागि राष्ट्रिय परिचय पत्र बनाउने कार्य शुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय कलैयाबाट खटेको पञ्जिकरण टोलीले नगरका सबै वडा कार्यालयमा पुगेर जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकाहरुको परिचय पत्र बनाउने कार्य शुरु गरेको नगरपािलकाका सूचना अधिकारी रविन घिमिरेले जानकारी दिनुभयो ।
यसअघि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा निजगढमा संचालनमा रहेको राष्ट्रिय परिचय पत्र बनाउने स्टेशन इलाका प्रशासन कार्यालय सिमरामा सारिएको थियो । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिक बाहेक अन्यको परिचय पत्र भने सिमराबाट नै बनाइने व्यवस्था छ ।