कोर सीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित सहिद हिरालाल रंगशालामा बिरुवा गोडमेल तथा सरसफाई गरिएको छ । रंगशालामा बिभिन्न संघसंस्थाले गरेको बृक्षारोपन तथा यसअघि रोपिएका बिरुवालाई गोडमेल र परिसर सरसफाई गरेको हो ।
पछिल्लो समयमा युवाहरु मिलेर खोलेको सामुदायिक संस्था कोर सीले पछिल्लो समयमा हरित रंगशालाको अवधारणा लिएर रंगशालाको वरिपरि बिरुवा रोप्ने, चौरको चारकिल्ला घेर्ने, चौरको स्थरोन्नती गर्दै खेलाडीहरुको लागि खेलमैत्री वातावरण निर्माणमा निरन्तर सकृय रंगशालाका अध्यक्ष जगत बहादुर न्यौपाने नेतृत्वको समितिले रंगशाला वरिपरि रोपिएका बिरुवाहरुलाई बचाउन, हुर्काउन र संरक्षण गर्न विभिन्न समयमा विभिन्न सामुदायिक संस्था र सङ्गठनहरुसङ्ग मिलेर विविध कार्यहरु गर्दै आइरहेको छ ।
सोही अभियानलाई सफल गर्न कोर सीले समेत चौरको सफाइ, बिरुवामा मल हाल्ने लगायत बिविध कार्यहरुमा हातेमालो गर्दै आइरहेको छ । यहि कार्यको निरन्तरता स्वरुप शनिबार करिब १०० वटा बिरुवाहरुमा जैविक बिघटक (गोबरबाट बनेको प्रभावकारी झोल कम्पोस्ट) हाल्ने कार्य गरेको हो । रंगशाला समितिले गरेको मेहेनत, लगनशिलता देखेर सरोकारवालाहरु समेत दङ्ग देखिएका छन् ।
निर्माणधिन फास्ट ट्रयाकको कार्य सम्पन्न भए पश्चात काठमाडौंबाट सबैभन्दा नजिक हुने र दशरथ रंगशालाको बिकल्पको रुपमा समेत यस रंगशालाको प्रयोग गर्न सकिने यो भएको हुदाँ यस रंगशालालाई केन्द्र, प्रदेस र स्थानीय तिनै तहका सरकारले विशेष प्राथमिकता दिई मधेशकै नमुना रंगशाला बनाउनु समितिले आग्रह समेत गरेको छ ।