विश्व वातावरण दिवसको अवसरमा बुधबार सृर्जनशील सामुदायिक वन समूहले वृक्षारोपण गरेका छन । निजगढ नगरपालिका वडा नम्बर ६ स्थित सृर्जनशील सामुदायिक वन समूहको वन क्षेत्रमा विभिन्न १५० प्रजातिको विरुवा रोपिएको हो ।
निजगढ नगरपालिकाको आयोजनामा वन क्षेत्रलाई हराबरा बनाउने उदेश्यका साथ दुई वर्षदेखि सो वनमा वृक्षारोपण गर्ने कार्य आएको वन समुहका अध्यक्ष कुशबहादुर थापाले बताए ।
निजगढ नगरपालिकाका वन तथा वातावरण शाखाले उपलब्ध गराएको विजय (आरु) र मलेसियन साल प्रजातिको बिरुवा लगाउने कार्य भएको हो ।
वृक्षारोपण कार्यक्रममा बोल्दै सामुदायिक वन महासंघ बारा जिल्ला अध्यक्ष रामजीप्रसाद बजगाईले अब दिवसमा मात्र नभई प्रत्येक व्यक्तिले रुख लगाउने अभियान सञ्चालन गर्नुपर्ने बताए । विनास हुँदै गएको जंगलको संरक्षण गर्नु र खाली तथा पर्ति स्थानमा नयाँ बिरुवा लगउने कार्यले नयाँ सन्ततिलाई सहज हुने बताउँदै उनले वातावरणको स्वच्छता अभिबृद्धिमा पनि यसबाट फाइदा पुग्ने बताए ।
कार्यक्रममा निजगढ नगरपालिका वन तथा वातावरण शाखाका प्रमुख अनिल कोइराला, फेकोफन बाराका उपाध्यक्ष बासुदेव तिमल्सिना, फेकोफन निजगढ नगर अध्यक्ष तथा सिर्जनशील सामुदायिक वन अध्यक्ष कुशबहादुर थापा, बाघभैरव सामुदायिक वन समूहका अध्यक्ष अमरलाल सिंतान, रामलाल सिङतान, जनहित सामुदायिक वनकी अध्यक्ष चन्द्रीकाकुमारी मगर, नेत्रकुमारी थापा, जनजागृति सामुदायिक वनका अध्यक्ष जयप्रसाद ढुंगाना, बकैया नागमणी सामुदायिक वनका अध्यक्ष रामप्रसाद ओझा, जनज्योति सामुदायिक वनका अध्यक्ष खड्का लामा, आदर्श सदाबहार सामुदायिक वन समूहका अध्यक्ष रामप्रसाद पाण्डे, सृर्जनशील सामुदायिक वनका सदस्य माधव रिमाललगायतको सहभागीता रहेको थिया ।